१२औं संस्करणको आईपीएल क्रिकेटको फाईनल उपाधी कस्ले बाजी मार्ला ? मुम्बई कि चेन्नाईले ?

बैशाष २९, काठमाडौं — इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको आज फाईनल खेल हुदैछ । फाईनल खेलको उपाधिका लागि आज ७ बजेर ४५ मिनेटमा चेन्नाई सुपर किंग्सल मुम्बई इन्डियन्सविरुद्ध हैदरावादमा प्रतिस्पर्धा गर्दैछ ।

१२औं संस्करणको आईपीएलको उपाधी कस्ले बाजी मार्ला ? अहिलेसम्म यो भन्दा अघि यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।
तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो देखिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई हराएको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले हराएको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।