ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअर प्रहरीसमक्ष आत्मसमर्पण

बैशाष २७, काठमाडौं – भ्रष्टाचार गरेको अदालतको फैसला पछि ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।  भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेको लगायत ६ वटा गम्भीर अभियोग लाई टेमेअरमाथि अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

यही अभियोगमा गत मार्चमा पक्राउ परेका उनी जारी बन्दी प्रत्यक्षीकरण रिटबाट हिरासत मुक्त भएका थिए । तर बुधबार पुनः उनीमाथि लागेको अभियोगको फैसला गर्दै एक अदालतले जेल चलान गर्ने आदेश दिएको छ । अदालतको आदेशसँगै त्यसको सम्मान गर्दै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

भलै पूर्वराष्ट्रपतिले आफूमाथि लागेका अभियोग अस्वीकार गरेका छन् । अदालतको आदेश आपत्तिजन भएको भन्दै आफूमाथि अन्याय भएकाले न्यायका लागि माथिल्लो अदालत जाने बताएका छन् । ब्राजिलको राष्ट्रपतिको कार्यकाल गत वर्ष मात्रै सकिएको थियो ।