उत्तर कोरियाको समुद्री कार्गो जहाज अमेरिकी नियन्त्रणमा

बैशाष २७, काठमाडौं – उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाजलाई नियन्त्रण ल्याइएको छ ।
अन्तर्रा्ष्ट्रिय नियम मिचेको भन्दै अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको उत्तर कोरियाली वाइज अनेष्ट नामका समुद्री जहाज नियन्त्रणमा लिएको हो ।

संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियामाथी प्रतिबन्ध तोड्द उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिएको अमेरिकाले जनाएको छ ।

उत्तर कोरियाले चीनलगायतका देशमा कोइला विक्री गर्दै आएको छ । उत्तर कोरियाले कोइला बिक्री गरेर परमाणु कार्यक्रममा लगानी गर्ने गरेको अमेरिका तथा संयुक्त राष्ट्र संघको दाबी छ ।

यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो । बीबीसीका अनुसार, यो जहाज कोइला तथा ठूला मेसिनरी उपकरण बोक्नमा प्रयोग हुँदै आएको छ ।

परमाणु निःशस्त्रीकरणलाई लिएर अमेरिका–उत्तर कोरियाबीच शिखरवार्ता भईरहेको छ ।

गत फ्रेबरीमा मात्रै पनि उत्तर कोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्ता विना सहमति टुंगिएको थियो । यसैविच अमेरिकाले उत्तर कोरियाको समुद्री जहाज नियन्त्रण लिएपछि सम्बन्ध थप चिसिने छ ।