भाउजूसँगको प्रेम लुकाउन धनुषामा श्रीमानले श्रीमतीलाई जिउदै जलाएको प्रमाणित

विर वहादुर नेपाली

बैशाष २६, काठमाडौं – भाउजूसँगको प्रेम लुकाउन श्रीमतीलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

धनुषाको शहिद नगरपालिका १ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेश गोइतले भाउजूसँगको प्रेम सम्बन्ध लुकाउन गत वैशाख ५ गते निर्मला यादवको शरीरमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीको केरकारमा पत्ता लागेको हो ।

घटनामा निर्मला यादवको शरीरको ७० प्रतिशत छाला जलेको र जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको थियो । उपचारका क्रममै वैशाख १६ गते उनकोे मृत्यु भएको थियो।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए । निर्मलासँग विवाह भएको १० महिना नवित्दै मुकेशले मार्ने नियतले उनलाई आगो लगाएका थिए ।

श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुदै गएपछि जिउँदै जलाएर हत्या गर्ने योजना बनाएका मुकेश निर्मलालाई मट्टीतेल छर्केर आगो लगाई भागेका थिए ।