मकवानपुरमा पहलोपटक डेढ किलो अबैध सुन बरामद

बैशाष २६, हेटौंडा – मकवानपुरमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस प्रहरीको चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा पहिलोपटक सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन प्रक्राउ परेका हुन् ।

प्रहरीले उनीबाट १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको छ । प्रहरीले ल्वागुनले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।