किन घुर्छ मान्छे ? समाधान के ?

किन घुर्छ मान्छे ? 

काठमडौ–निधाएको बेलामा स्वास लिदा आफ से आफ निस्कने एक प्रकारको आवाजलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ ।

घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । त्यसैले समान्यतय निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन । तर बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर तर्क गर्छन ।
घुर्नुको कारण के हो ?

मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग( मुखे घाटी) भन्छौ । त्यसभन्दा मुनी रुद्र घण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाके घाटी भन्छौ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्ति बढी घुर्छन ?

–तालुको समस्या भएका व्यक्तिहरु ।
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे ( मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।

अन्य कारणहरु

–नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेमा ।
–नाकमा मासु पलाएमा  ।
–नाक भित्रको मासु सुन्निएमा ।
–तालु( प्यालेट ) सुन्निएमा।
–नाकेघाटीको भाग साघुरिमा ।
–मुखे घाटीको भाग साघुरिमा ।
–लिगलिगे मोटो भएमा ।

समाधानको उपाय छैन त ?

यस्तै व्यक्ति घुर्छन भन्ने हुदैन । किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने पुरुषमा बढी देखिन्छ । मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ ।
यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुरयाउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।