परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएका अस्थायी शिक्षकलाई फेरि मौका दिन नसकिने शिक्षामन्त्री पोखरेलको भनाई

 

वैशाख २५,काठमडौ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भने अनुसार पुनः परीक्षा गर्न नसकिने वताएका छन ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा अस्थायी शिक्षकहरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था नभएको वताएका हुन । मन्त्री पोखरेलले ‘ उहाहरुले भने अनुसार असफल भएका वा परिक्षामा सहभागि नभएकालाई पुन परिक्षा लिन सकिदैन, अव सम्मानजनक बिदाइ गर्नें हो ।’

शिक्षक सेवा आयोगले यसअघि २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी वनाउन मौका परीक्षा सञ्चालन गरिएको थियो । यस परीक्षामा उर्तिण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन् । तर असफल भएका र परीक्षामा सहभागी नभएकाहरु स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका छन् ।