लाङटाङमा खुलाइयो आरोहण, जर्मनी नागरिकले पाए अनुमति

बैशाख २४, काठमाडौं – लाङटाङ हिमालमा सरकारले पहिलोपटक हिमाल आरोहण अनुमति दिएको छ । आरोहणका लागि दुई जना जर्मनी नागरिकले अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएसँगै पर्यटन विकासमा मद्दत पुग्ने नुवाकोट र रसुवाबासीको विश्वास रहेको छ ।

आरोहणमा जर्मन नागरिक फेलिक्स एलेक्जेन्डरबर्ग र एडाम रेडोस्लभ विलेक्ची छन् ।