मुस्लिम समुदायको रमजान आजबाट सुरु

बैशाख, २४ काठमाडौं – मुस्लिम समुदायको पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्व मुसलमान धर्मावलम्बीहरुले उपवास गरि मनाउने गर्दछन् । रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ