साथ दिए सबै त्यागेर फेरि जंगल जान तयार : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल

वैशाख२२,काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी विशाल भएपनि आफूहरु एक्लो भएको महसुस गरेको बताएका छन् ।

आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले यस्तो अवस्थामा जनताले साथ दिए सबै त्यागेर फेरि जंगल जान तयार रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहदा एक्लै भईरहेको र कता गइरहेका छौं भन्ने महसुस भइरहेको बताए

पार्टी्भित्र दुखेको पोख्दै दाहालले ‘हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता आफ्नोपनको अनुभूति हुने र ठूला दुखकष्ट र चुनौती बिर्सिएको तर आज देखेको नदेखेको झैं गरी बोल्नै नपरेजस्तो व्यवहार गर्न थालेका अनुभव सुनाए ।