आईपीएलमा हैदरावादलाई पराजित गर्दै च्यालेन्जर्स बैंग्लोरको जीत

वैशाख२२, काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै च्यालेन्जर्स बैंग्लोरको जीत भएको छ । शनिबार राति भएको खेलमा चार विकेटले बेंग्लोरले हैदरावादलाई हराएको हो ।

बेंग्लोरका सिमरोन हेटिमरले र गुरकित सिंहको उत्कृष्ट खेलका कारण बेंग्लोरलाई जीत हात लागेको हो । हेटिमरले ७५ र सिंहले ६५ रनको योगदान दिएका थिए ।

१७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । तर हैदरावादका खलिल अहमदले पनि बलिङतर्फ तीन विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । यसमा कप्तान केन विलियम्सनको उत्कृष्ट खेल रहेका कारण ७० रन बनाउन सफल भएको थियो । कप्तान केनले ४३ बलमा पाँच चौथा र चार छक्का प्रहार गरेका थिए ।

यो खलेसँगै १४ खेलबाट हैदरावाद १२ अंकमा झरेको छ । प्रतियोगिताबाट बाहिरिसकेको बेंग्लोरको १४ खेलबाट ११ अंक भएको छ ।