बैशाख, १६ काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् ।
सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ ।