मत गणनाको क्रममा इन्डोनेसियामा २७२ को मृत्यु

बैशाख, १६ काठमाडौं – इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेका छन् । लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परेको र २७२ जनाको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।
इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए । निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरका दरले राहत दिने जनाएको बीबीसीले जनाएको छ ।