बिहानै धादिङको नौविसे केन्दबिन्दु भएर दुई पटक परकम्प

बैशाख ११, काठमाडौं — धादिङको नौविसे केन्दबिन्दु भएर आज बिहान दुई पटक परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ म्याग्निच्युड तथा ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएका दुबै परकम्प २०७२ बैशाख १२ गतेको गोरखा भूकम्प कै परकम्प भएको केन्द्रले जनाएको छ ।