साना पाँच कम्युनिस्ट घटकहरुविच कार्यगत एकता

बैशाष १०, काठमाडौं– साना पाँच कम्युनिस्ट घटकहरुविच कार्यगत एकता भएको छ ।

मंगलबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), सुलभ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, कर्ण्जित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कार्यगत एकता गरेका हुन् ।

विज्ञप्तिमार्फत उनीहरुले वंशजको आधारमा गरिएको नागरिकता वितरण कार्यको विरोध गरेका छन् ।

साथै विज्ञप्तीमा ‘भारतले नक्कली नक्सा बनाएर नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर ३७२ वर्ग किलोमिटर जमिन गायब गरेको उल्लेख छ ।

सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पर्न पनि विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।