चेक बाउन्स प्रकरणमा समातिए ग्रेटर नेपालका अभियान्त नेपाल

बैशाख १०, काठमाडौं – ग्रेटर नेपालका अभियान्त फणिन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ गरेका छन् । घरधनी नरेश कुमार नेपानेले नेपालले दिएको ६ लाखको चेक बाउन्स गरेपछि उनलाई गौशालबाट महानगरीय प्रहरी परिसरबाट पक्राउ गरिएको हो ।

नेपालले भने आफूलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै फेसबुकमा लेखेका छन् । घर भाडा बापत ६ लाखको चेक दिएको तर पछि नगद नै दिएर चेक फिर्ता माग्दा नदिएर षड्यन्त्र पूर्वक आफूलाई फसाइएको उनले दाबी गरेका छन् ।

नेपालले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २०७५ मंसिर २१ गते शुक्रबार भुक्तान गर्ने गरी नेउपानेलाई चेक दिएका थिए । गौशालामा नेपालले सञ्चालन गरेको इडिएन भन्ने स्कुलको भाडा बापत रकम चेक काटेको खुलेको प्रहरीले जनाएको छ ।