संगीतकार मदन दीपविमको हृदयाघातका कारण निधन

बैशाष १०, काठमाडौं – संगीतकार मदन दीपविमको हृदयाघातका कारण निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयाघातको कारण उनको निधन भएको हो ।

संगीतकार मदन दीपविम छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।

उनले सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता निकै चर्चित गीतहरुमा संगित भरेका छन् ।

उनले केही समय रेडियो नेपालमा पनि जागिर गरेका थिए ।