(नेकपा)भित्र तल्लो तहको एकता प्रक्रिया अझै टुंगो लाग्न सकेन

वैशाख८, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तल्लो तहमा अझै एकता हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुरा हुन लाग्यो तर एकता हुन सकेको छैन । एकता हुन नसकेपछि पार्टी अध्यष द्धयलाई दबाब पर्न थालेको छ ।

शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगो लाग्न नसकेको हो ।

वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न नसकेको कारण एकता प्रक्रिया अल्झिरहेको हो । नेकपा स्थापना दिवस

वैशाख ९ (अप्रिल २२) मा सबै प्रक्रिया टुंग्याउने भनिको थियो तर नेताहरूबीच सहमति हुन सकेको छैन।शीर्ष नेताहरूलाई कार्यकर्ताले भने एकीकरण प्रक्रिया चाँडो टुंग्याउन दबाब दिइरहेका छन्।