आज र भोली देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैं

बैशाख ६, काठमाडौं — आज र भोली देशभर सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।