पोखरा विश्वविद्यालयका विद्यार्थीहरु परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा

बैशाष ६, काठमाडौं — पोखरा विश्वविद्यालयका झण्डै ३सय ९१ विद्यार्थीहरुले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

कलेजले ग्रेडिङको मापदण्ड विना भर्र्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि परीक्षा दिनबाट वञ्चित भएका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

वैशाख ६ गते (आज) देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

विश्वविद्यालयले मान्यता दिएको निजी कलेजमा शुल्क तिरेर पढेको र कलेजहरूले परीक्षामा सहभागिता गराउने प्रतिबद्धतासाथ भर्ना गरेकोले परीक्षा दिने अधिकार सुरक्षित गरिनुपर्ने उनीहरुको आवाज छ ।