नेपाल दूरसंचार प्राधिकरणद्धारा पब्जी खेलमाथि प्रतिबन्ध लगाउने निर्णय

चैत, २८ काठमाडौं – नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको नेपाल दूरसंचार प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।
‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।