भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु, चुनाव ११ अप्रिल देखी १९ मेसम्म

चैत २८, काठमाडौं — भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन सुरु भएको हो ।
११ अप्रिलबाट सुरु भई चुनाव १९ मेसम्म चल्ने छ । चुनावको मत गणना कार्य भने २३ मेबाट सुरु गरिने वताइएको छ । कुल १ हजार २७९ उम्मेदवार तल्लो सदन लोकसभाका लागि चुनावी मैदानमा उत्रेका छन् ।

तर १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले उनीहरुको फैसला गर्नेछन् । यी मतदाताका लागि १० लाख बढी मतदान केन्द्र तोकिएका छन् । भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ ।

लोकसभाका लागि ५४३ सदस्य निर्वा्चित हुनेछन् । २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकार चलाउन पाउनेछ ।

यही चुनावबाट भाजपा नेता नरेन्द्र मोदी को दोस्रो कार्यकालको थपिने नथपिने टुंगो लाग्नेछ । मोदीसँग राहुल गान्धी नेतृत्वको कांग्रेसको प्रतिस्पधा हुने अनुमान गरिएको छ ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा २८२ सिट जितेको भाजपाबाट सरकारको नेतृत्वमा पुगेका थिए मोदी । त्यतिबेला कांग्रेसले २८ सिट मात्र जितेको थियो ।