(आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सको जीत

चैत२७, सिन्धुपाल्चोक — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सको जीत भएको छ । मंगलबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्तना नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।

१०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गर्याे । फाफ् डु प्लेसिसले अविजित ४३ रन बनाएर चेन्नाईको जिताए । टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता नाइट राइडर्सले निश्चित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । सुरुवातमै नरामो खेल गरेको कोलकत्ताका कुनै ब्याट्सम्यान चल्न सकेनन् ।

बलिङतर्फ दिपक चाहरले तीन विकेट लिए । त्यस्तै, हर्भजन सिंह र इमरान ताहिरले समान २–२ विकेट लिए । जितसँगै चेन्नाई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईले ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै लिगको शीर्ष स्थानमा पुगेको हो। त्यस्तै पराजित कोलकत्ता लिगको दोस्रो स्थानमा छ । उसको ८ अंक छ ।