भक्तपुरमा फेरि पनि भेटियो बर्डफ्लु, २२ सय कुखुरा मासिए

चैत २७, काठमाडौं – भक्तपुरमा फेरि पनि बर्डफ्लु जिवाणु भेटिएको छ । भक्तपुरको सूर्य्विनायक नगरपालिका–१ तर्खगालमा मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएपति पशुसेवा बिज्ञको टोलीले नष्ट गरेका छ ।
केही दिन अगाडीमात्र दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको थियो ।