(आईपीएल) क्रिकेटमा पञ्जाबको जीत, सनराइजर्स हैदरावाद पराजीत

चैत २६, काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले अघि वढेको छ ।

पञ्जाबले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

पञ्जाबको जितमा ओपनर लोकश राहुलले उत्कृष्ट पारी खेल्दै ७१ रनमा अविजित रहेँ । उनले ५३ बलमा सात चौका र एक छक्का प्रहार गरे । त्यस्तै, पञ्जाबका लागि मयंक अग्रवालले पनि अर्धशतक बनाए । उनले ५५ रन बनाएका थिए ।

खेलको सुरुवै पहिलो विकेटको रुपमा क्रिस गेललाई १८ रन गुमाएको पञ्जाबले दोस्रो विकेटका लागि लोकेश राहुल र मयंक अग्रवालले ११४ रनको विशाल साझेँदारी गर्दै आफ्नो टिमलाई अगाडी वढाएका थिए ।

बलिङतर्फ सन्दीप शर्माले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टिमलाई मध्यम स्कोरमा पुर्याएका थिए । उनले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७० रन बनाएका थिए ।