ओलम्पिक खेलकुदको महिला फुटबलको दोस्रो चरणमा नेपाल र इन्डोनेसिया भिड्दै

चैत २६, काठमाडौं — महिला फुटबलमा नेपालले इन्डोनेसियासँग भिड्दैछ । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपाल र इन्डोनेसियाको प्रतिस्पर्धा हुने भएको हो ।

बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।  छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेपछि आजको खेलमा जीत्ने लक्ष्य लिएको छ ।

नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ ।