अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले राजीनामा दिइन् ।

चैत२५, काठमाडौं — अमेरिकी गृह सुरक्षा सचिवको राजीननामा आएको छ । प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिएकी क्रिस्जेन निलसनले पदबाट राजनीनामा दिएकी हुन् ।

आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी उनले ‘यस विभागमा सहयोगीहरुसँग रहेर सेवा, समर्पण र प्रतिबद्धताका साथ काम गर्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’राजीनामा पत्रमा लेखेको विविसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको ट्वीट मार्फत जानकारी गराउदै गर्दै ट्वीटरमा ‘होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्जेन निलसनले आफ्नो पद छाड्नेछिन् र म उनको उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहान्छु ।’ लेखेका छन् ।