हावाहुरी प्रभावितको लागि चिनियाँ राजदूत होउ याङछीको ५० हजार अमेरिकी डलर सहयोग

चैत२५, काठमाडौं — काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हावाहुरी प्रभावितको लागि भन्दै सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन् ।

राजदूत याङछीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट उक्त रकम हस्तान्तरण गरेकी हुन्। शनिबार प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट चासो ध्यान केन्द्रित गरेको बताएकी छन्।

उनले नेपाली जनताको दुःखप्रति चिनियाँ जनता पनि दुःखी भएकाले चिनियाँ रेडक्रस सोसाइटीको तर्फबाट नेपाललाई सहयोग गरेको बताइन् । साथै उनले चीनको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गरेकी छन् । उनले चिनियाँ जनता नेपाली जनताको साथमा रहेको भन्दै बिपत्तिपछि गरिने पुनर्निर्माणमा सहयोग गर्न पनि तयार रहेको पनि बताईन ।

उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको समेत बताएकी छन् ।