अव २ दिन कतै हावाहुरी र कतै हिमपात–मौसम पूर्वानुमान महाशाखा

चैत २२, काठमाडौं–मुलुकभर प्राय धेरै स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । अव २ दिन हावाहुरी र कतै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम कस्तो रहला ? मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमानको विवरण यस्तो छ ।

 चैत्र २२ गते (शुक्रबार) :

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी  भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ।  उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना देखिन्छ।

राति:  देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा,  पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।। पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  साथै उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का हिमपातको  पनि संभावना देखिन्छ।

चैत्र २३  गते (शनिबार ) :

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

राति: देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

चैत्र २४  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ पनि छ।

राति:  देशको अधिकांस भूभागहरुमा   आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ