आजबाट सुरु भयो प्रदेश दुईको स्थगित एसईई परीक्षा

चैत २२ काठमाडौं — प्रदेश दुईमा स्थगित गरिएको परीक्षा आजबाट फेरी शुरु भएको छ । एसईई परीक्षा अन्तर्गत आज विज्ञान विषयको परीक्षा सकिएको छ । एसईईको फेरी शुरु भएको परीक्षा अन्तर्गत चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि राष्ट्रिय परीक्षाबोर्डले यी दुई विषयका साथै अन्य बाँकी विषयका परीक्षाहरु समेत स्थगित गरेको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुई जना प्रहरी सहित ६ जनालाई पक्राउ गरिसकेको छ ।