दल दर्ता नभएपछि निर्वाचन आयोग विरुद्ध विवेकशील नेपाली दल सर्वोच्चमा

चैत १३, काठमाडौ — दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगले अस्वीकार गरेको भन्दै विवेकशील नेपाली दलले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । विवेकशिलले दल दर्ताका लागि गत पुस २७ गते दिएको निवेदन निर्वाचन आयोगले फागुन २८ गते अस्विकार गरेको थियो ।
विवेकशिल नेपाली दललाई दर्ता हुनबाट बन्चित गर्ने निर्वाचन आयोगको निर्णय घोर अन्यायपुर्ण र कानून विपरित भएको हाम्रो ठम्म्याई रहेको विज्ञप्तिमा बताइएको छ ।