लगानी सम्मेलनमा ६ सय बढी लगानीकर्ताका सहभागिता रहने

चैत १३, काठमाडौं लगानी सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहने बताइएको छ । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री खतिवडाले लगानी सम्मेलन तयारी पूरा भएको जानकारी दिएका हुन् ।

यहि १५ र १६ गते हुने दुइदिने लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफल हुने बताएका छन् ।  सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने अर्थमन्त्री खतिवडाको भनाई छ ।