कर्णाली प्रदेशका सांसद र प्रधानमन्त्री बिच छलफल हुदैं

चैत १२, काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका सांसदहरुसंग छलफल गर्ने भएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने एजेण्डा तथा प्रदेशका मुख्य योजनाबारे ओलीले छलफल गर्ने छन् ।
सिंहदरबारमा दिउँसो २ बजे हुने छलफल, मुख्य गरी कर्णाली प्रदेशको विकास र उत्थानका लागि केन्द्र सरकारले खेल्ने भुमिकाका बिषयमा केन्द्रित रहने बताइएको छ ।