खुल्यो जापानी रोजगाार, ‘एन —फोर भाषा परीक्षा’ अनिवार्य

चैत ११, काठमाडौ — नेपाल र जापानबीच कामदार लैजाने बारे आज श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा उल्लेख भएअनुसार जापानी कानुनबमोजिम नेपाली श्रमिकहरूले रोजगारीका सेवा सुविधा तथा सर्तहरूमा जापानी नागरिकसरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।

सम्झौताअनुसार जापान रोजगारीमा जानका लागि ‘एन(फोर भाषा परीक्षा’ उत्तीर्ण गर्नुपर्ने प्रावधान राखिएको छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुनेछ ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा विदेशी कामदार लैजाने बताएकाे छ ।