पौने पाँच लाख परीक्षार्थी एसईइमा सहभागी हुँदै

चैत १०, काठमाडौ — यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) देशैभरी सुरु हुँदैछ ।
आइतबार (आज) बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् ।
यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।
सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ ।
परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।