बर्डफ्लु प्रकोप — हेटौँडामा ४७ हजार कुखुरा नष्ट

चैत ९, काठमाडौ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा गरि ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ हजार १०५ अण्डा र ४१८ केजी दाना खाल्टोमा पुरिएको छ ।

गत चैत २ गतेदेखि कृषि मन्त्रालय काठमाडौँबाट आएका पशु चिकित्सकसहितको प्राविधिक टोलीले हिजो बिहानसम्म स्थानीय नागस्वतीको करीब ३२ कुखुरा फार्ममा अनुगमन गरी बिरामी चल्ला र कुखुरालाई नष्ट गरिएको छ ।
रासस