कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना

चैत ४, काठमाडौ – नेपाल विद्यार्थी संघले नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । नेविसंको विधानमा भएबमोजिम ३२ वर्षे उमेर हदबन्दी कार्यान्वयनको माग गर्दै नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
बैठकलाई कुनै असर नपर्ने गरी शान्तिपूर्ण धर्ना दिइएको नेविसंघले जनाएको छ । यसअघि पनि यही विषयलाई लिएर एउटा समूले धर्ना दिदै आएको थियो । धर्ना तथा प्रदर्शनका क्रममा अर्को समूहले अवरोध गरेपछि झडपसमेत भएको थियो ।