‘केवल कारैमा’ कविता र सुजनको जोडी— (भिडियो)

काठमाडौ — भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस’का फसर््ट रनरअप सुजन मार्पा तामाङ र नेपालको पहिलो डान्स रियालीटी शो बुगी बुगीकी बिजेता कविता नेपाली पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् ।
कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा रहेको ‘केवल कारैमा’ बोलको गीतमा सुजन र कविता देखिएका हुन् । सार्वजनिक गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।
भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।