बन्दको प्रभाव —पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी

फाइल तस्वीर
फागुन ३०, काठमाडौ — पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी भएको छ । बुधबार साँझ पश्चिम नवलपरासीको बासाबसहीमा गएराति अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।
काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ ।