आर्थिक वर्ष २०७६ र ७७ का लागि १५ खर्बको बजेट बनाउँदै सरकार

फागुन ३०, काठमाडौ — सरकारले आगामी आर्थिक वर्ष २०७६ र ७७ को लागि करिब १५ खर्बको बजेट बनाउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले अघिल्ला वर्षहरूको तुलनामा ढिला गरी मन्त्रालयहरूलाई बजेट सिलिङ ९ सीमा ० पठाएको हो । अघिल्ला वर्षहरूमा मंसिर अन्तिम तथा पुस लाग्दा नै बजेट सिलिङ पठाउने गरिएपनि यसवर्ष भने फागुन अन्तिममा मन्त्रालयहरूले बजेट सीमा पाएका हुन्
योजना आयोगले विषयगत मन्त्रालयमा पठाएको बजेट सिलिङमाथि छलफल भएर आएपछि बजेट अंकका वारेमा अर्थ मन्त्रालयमा र बजेटमा समावेश गरिने कार्यक्रमहरूको योजना आयोगमा छलफल गरिने छ ।