प्रदेश ५ मा समायोजन कर्मचारी व्यवस्थापन सुरु

फागुन २८, काठमाडौ —संघीय सरकारबाट कर्मचारी समायोजन भएर प्रदेश आउन थालेसँगै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चहलपहल बढेको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सरुवा भएर प्रदेशमा आउने कर्मचारीको हाजिरी अभिलेख राख्न थालेको हो ।
मन्त्रालयले तयार गरेको ११ दफा र १५ उपदफाको कार्य्विधिअनुसार आइतबारदेखि बिहीबारसम्म कर्मचारीले हाजिर गरे आफूले चाहेको दुई स्थान रोज्न सक्नेछन् । त्यही विधिबाट अनुसूची फारम भरेकालाई हरेक साताको शुक्रबार रबानापत्र दिएर कार्यस्थल पठाइनेछ ।