सिके राउतसंग असधारण क्षमता छ —प्रधानमन्त्री

फागुन २४, काठमाडौ — प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार राजधानीमा भएको ऐतिहासिक सहमति पछि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राउतको निर्णय क्षमताको प्रशंसा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग राउतको तुलना गर्दै प्रधामन्त्री ओलीले भने संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ । मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेको छु।’

प्रधानमन्त्री ओलीले माओवादीले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएको उदाहरण दिँदै अब सम्पूर्ण रुपले हिंशा समाप्त भएको दाबीसमेत गरे।

उनले संविधानले जनतामा सार्वभौमसत्ता सुनिश्चित गरेको भन्दै समानुपातिक र समावेशीता अपनाएको संसदीय प्रणालीमार्फत समान अधिकार, अवसर, अधिकार र हकदार भएको बताए ।