सिके राउत र सरकारबीच ११ बुँदे सहमति — सहमति पत्र सहित

 

फागुन २४, काठमाडौ— स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ ।

आज काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ
सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् ।