आज ग्याल्बो ल्होसार मनाइँदै

फागुन २३ काठमाडौ — आज देशभरका नेपालका आदिवासी शेर्पा लगायत हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्बो ल्होसार मनाउँदैछन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष सुरु भएको हो ।
आजैबाट बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा बौद्ध धर्मावलम्बीले १५ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने गर्छन्