रेशम चौधरी जन्मकैदको फैसलाविरुद्ध राष्ट्रिय विद्रोह हुन्छ – महतो


फागुन २२, काठमाडौं – राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला अन्यायपूर्ण रहेको वताएका छन ।

महतोले अदालतको फैसलाले चौधरी माथि अत्याचार गरेको वताउदै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए । थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्ने उनले वताएका छन ।
संघीय संसद भवन नयाँ बानेश्वरमा महतोले बुधबार पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्याय र अत्याचार भएको वताए ।

रेशम चौधरी आन्दोलनकारी हो । आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, केपी ओली र गिरिजाप्रसादलाई किन भएन । आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने भन्दै आक्रोस व्यक्त गरे ।

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।