सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

फागुन २२ काठमाडौ — थरुहट आन्दोलन हुँदा टीकापुरको घटनामा संलग्न रहेका सांसद रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला सुनाएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको छ । पार्टी कार्यालय बबरमहलमा बैठकमा राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बस्ने भएको हो ।
७ भदौ २०७२ मा आन्दोलनमा नेपाल प्रहरीका तत्कालीन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।