अन्सारीबारे सुनुवाइ समितिको बैठक निष्कर्ष बिहिन

फागुन २१ काठमाडौ — मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक निष्कर्ष बिहिन टुगिंएको छ । अन्सारीबारे निर्णय लिन समितिले ३ दिनको म्याद थपेको छ ।
संवैधानिक परिषदले अन्सारीलाई सिफारिस गरेको मितिअनुसार थप ३ दिन समय थपिँदा ४५ दिन पुग्छ । यदि ४५ दिनसम्म समितिले निर्णय लिन नसके अन्सारी स्वतः मुस्लिम आयोगको अध्यक्षमा अनुमोदन हुने छन् ।