पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल भर्ना

फागुन १७ , काठमाडौ – पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । लामो समयदेखि विभिन्न रोगले थलिएका अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।