फागुन १७ गते तपाईको आज— राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि महत्वपूर्ण अवसर गुम्नेछ । मालसामान हराउँन सक्नेछ । हात पर्न लागेको धन फिर्ता जानेछ ।

वृष राशिको लागि सामान्य दुर्घटनाको भय छ सावधान भएर यात्रा गनुहोला । प्रेम सम्बन्धमा धोका हुनसक्छ ।

मिथुन राशिको लागि वैदेशिक क्षेत्रको कामबाट सफलता मिल्नेछ । सुन्दर उपहार हात पर्न सक्छ । मन प्रशन्न हुनेछ ।

कर्कट राशिका लागि व्यक्तित्वमा निखार आउँनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी होला ।

सिंह राशिका लागि रोजगारको अवसर गुम्नेछ । सम्बन्धको कारणले मन दुखी हुनसक्छ । अध्ययनमा सोचे जस्तो सफलता मिल्नलाई गाह्रो हुने देखिन्छ ।

कन्या राशिका लागि वैदेशिक काममा ढिलाई हुनेछ । बसाईसाईको अवसर प्राप्त होला । दिन झमेलामा बित्नेछ ।

तुला राशिका लागि मनोरञ्जनमा समय बित्नेछ । प्रेमी प्रेमीकाको भेटघाट हुने अवसर मिल्नेछ । विधार्थीवर्गको लागि समय लाभदायक रहनेछ ।

वृश्चिक राशिका लागि स्वास्थ्यमा समस्या बढ्दै जान सक्छ । राम्रो अवसर गुम्नसक्छ धैर्य भएर काम गर्नु होला ।

धनु राशिका लागि लामो समयसम्म रोकिएको रकम हात पर्नेछ । धार्मीक कार्यमा मन जानेछ । आफन्तको सत्कारमा समय बित्नेछ ।

मकर राशिका लागि काम बिगार्ने पक्ष सक्रिय रहनेछन्, सजक भएर अगाडी बढ्नुहोला । मनमा अशुभ सोच आउँनसक्छ । अध्यनमा रुचि घट्नेछ ।

कुम्भ राशिका लागि अधिकार प्राप्त हुनेछ । राजनीतिक कामबाट फाईदा मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ ।

मीन राशिका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । नयाँ व्यसायबाट फाईदा मिल्नेछ ।

यसदिनमा बिहान १०.३० देखि १२ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।