उर्जामन्त्री पुन अस्पताल भर्ना

फाल्गुन १७ काठमाडौ–काठमाडौ —उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान  पुन अस्पताल भर्ना भएका छन् । बिहिबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
उनलाई सिसियु कक्षमा राखेर मुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको छ। मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ। उनलाई केही अघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेतले भेटेर फर्केका छन् ।